२ असार, कास्की । नवनिर्वाचित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलको नेतृत्वको सरकारले असार ४ गते बिश्वासको मत लिने भएको छ। मुख्यमन्त्रीमा निर्वाचित भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेकाले सोही अनुरुप विश्वासको मत लिन लागिएको हो। हिजो मात्रै सरकारका तर्फबाट मुख्यमन्त्री पोखरेल आफैले मंगलबार प्रदेशसभामा पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथिको छलफल भने विश्वासको मत पाएपछि मात्रै सुरु हुने भएको छ ।
गण्डकी प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने सूचना मंगलबार नै दर्ता भइसकेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो। त्यस्तै विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदको कार्यविभाजन, विस्तार हुने प्रवक्ता खड्काले बताउनुभयो।
