बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाललाई सीधै एसिया कप छनोटको तेस्रो चरण खेल्ने अवसर


  • माउन्टेन खबर
  • बुधबार, असार २, २०७८
  • 903
    SHARES

काठमाडौं , २ असार
एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार परिमार्जन गर्दै जारी गरेको नयाँ ढाँचा अनुसार नेपालले चीनमा आयोजना हुने एसियन कप–२०२३ कप छनोटका लागि सिधै तेस्रो चरणको खेल खेल्ने मौका पाएको छ ।

एएफसीले जारी गरेको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ । विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले ८ खेलबाट ६ अंक जोडेर चौंथो स्थानमा रहेको थियो । चौथो स्थानमा रहँदै लिगका खेल समापन गर्दा नेपालको कतार विश्वकप यात्रा समाप्त भएको हो ।

परिमार्जन गरेको मापदण्ड अनुसार यस अघि छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने प्राब्धान तोकिएको थियो । तर, एएफसीले बुधबार जारी गरेको नयाँ ढाँचाबाट नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ ।

अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्ले अफ खेल्नेछ । प्ले अफमा चाईनिज ताईपेइ, इन्डोनेसिया, कम्बोडिया र गुआमले खेल्ने तालिक सार्वजनिक भएको छ । प्ले अफका दुई टोलीले तेस्रो चरणमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)