काठमाडौँ, २ असार
नेपाली काँग्रेसका युवा नेता एवम् विघटित प्रतिनिधी सभाका सांसद मोहन आचार्यको पहलमा रसुवाको धुन्चेमा सभाहल बन्ने भएको छ ।
सांसद आचार्यको पहलमा विस २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पु¥याएको सभाहल पुननिर्माण हुन लागेको हो ।
सांसद आचार्यको पहलसँगै उक्त सभाहल पुननिर्माणका लागि आवश्यक वजेट विनियोजन गरिएको हो ।
सभाहल बनाउनका लागि धुन्चेका बाबुलाल तामाङ, लामा रेन्जेन घले, राजु तितुङ ,डिटि तितुङ ,प्रसुन गुरुङ ,राजकुमार घले (किप्पा) ईश्वर तितुङ, निमेश श्रेष्ठ ,सगुन घलेलगायको महत्वपूर्ण योगदान रहेको छ ।

