शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मनाङमै अड्किए मुख्यमन्त्री पोखरेल


  • माउन्टेन खबर
  • बिहिबार, असार ३, २०७८
  • 430
    SHARES

पोखरा ,३ असार

शुक्रबार विश्वासको मत लिने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल मनाङको चामेमा अड्किएका छन्।

बिहीबार दिउँसो पोखराबाट राहत सामग्री लिएर गएका मुख्यमन्त्री पोखरेल, बिनाविभागीय मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’, सांसद चिन्तबहादुर घलेसहितको टोली चामेमा अड्किएका हुन्।

प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काका अनुसार मनाङमा अचानक मौसममा खराबी आएका कारण हेलिकप्टर उड्ने अवस्था नरहेको बताए ।

चामेमा अहिले पनि सिमसिम पानी परिरहेको र बादलले आकाश ढाकेका कारण चामेमा रहेको नेपाली सेनाको हेलिकप्टर समेत उड्न सकेको छैन।

मौसम खराब भएकै कारण प्रभु एयरको हेलिकप्टर चामे पुग्न नसकेको जनाएको छ। पोखरा फर्कने अवस्था नभएकाले मुख्यमन्त्री पोखरेलसहितको टोली आज चामेमै बास बस्ने भएका छन्।

गत सोमबारदेखि परेको अविरल वर्षाले मनाङको चामे, तालगाउँ, धारापानी लगायतका ठाउँमा घरहरू बगाउनुका साथै डुबानमा परेका छन्।

मनाङमा अड्किएका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा बुधबार नै दर्ता भइसकेको छ।

मनाङमा अड्किएका मुख्यमन्त्री पोखरेल शुक्रबार बिहानै आउने र सदनको कारबाही अघि बढ्ने सरकारका प्रवक्ता खड्काले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)