बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोपा अमेरिका: पेरुमाथी ब्राजिलको शानदार जित


  • माउन्टेन खबर
  • शुक्रबार, असार ४, २०७८
  • 759
    SHARES

४ असार, काठमाडौं । कोपा अमेरिकाको शुक्रबार समूह बी को खेलमा ब्राजिलले पेरुलाई ४–० को फाराकिलो जितले हराएको छ । ब्राजिलको यो प्रतियोगितामा लगातार दोस्रो जित हो र टिम ६ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ । ब्राजिलले दोस्रो हाफमा लगाताल तीन गोल गरेको थियो ।

ब्राजिलका लागि पहिलो गोल खेलको १२ औं मिनेटमा एलेक्स सान्ड्रोले गरेका थिए । नेयमारले ६८ औं मिनेटमा दोस्रो गोल थपे । तेस्रो गोल भने एरभटन रिबेरोको नाममा रह्यो र उनले खेल सकिन एक मिनेट अगाडि गोल गरे ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा रिचार्लिसनले चौथो गोल पनि गरे । यसअघि यसै समूहको अर्को खेलमा कोलम्बियाले भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो । कुल पाँच टिम सम्मिलित समूहमा कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)