बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युरो कपमा आज तीन खेल


  • माउन्टेन खबर
  • शुक्रबार, असार ४, २०७८
  • 827
    SHARES

एजेन्सी ।  युरो २०२० फुटबलको समूह चरण अन्तर्गत आज (शुक्रबार) तीन खेलहरु हुँदैछन् ।

आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ई मा रहेको दुई टिमबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

यसअघिको खेलमा स्लोभाकियाले पोल्याण्डलाई २-१ गोल अन्तरले हराएको थियो । स्लोभाकिया समूहको शीर्ष स्थानमा रहेको छ ।

स्विडेनले यसअघिको खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । स्विडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दोस्रो खेल क्रोएसिया र चेक रिपब्लिकबीच हुनेछ । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

समूह डी मा रहेको क्रोएसिया यसअघिको खेलमा इंग्ल्यान्डसँग १-० गोल अन्तरले पराजित भएको थियो । क्रोएसिया समूहको तेस्रो स्थानमा रहेको छ ।

यसअघिको खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० गोलले हराएको थियो । चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।

यस्तै आजै राति इंग्ल्यान्ड र स्कटल्याण्ड भिड्दैछन् । खेल १२ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)