आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

युरो कप

क्रोएसिया र चेक रिपब्लिकबीचको खेल बराबर


  • माउन्टेन खबर
  • शनिबार, असार ५, २०७८
  • 466
    SHARES

ग्लास्गोः युरोकप फुटबल अन्तर्गत शुक्रबार राति भएको दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिकबीचको खेल बराबरीमा सकिएको छ । खेल अवधिभर दुबै टिमबाट १–१ गोल भई खेल बराबरीमा समाप्त भएको हो ।

यो बराबरीसँगै चेक रिपब्लिकले २ खेलबाट ४ अंक बनाएको छ भने २ खेल खेलेको क्रोएसियाको १ अंक मात्र छ । यो समूहका अन्य दुई टिम इङ्ल्यान्ड र स्कटल्यान्डबीचको खेल आजै मध्यरातमा हुँदैछ । इङ्ल्यान्डले एक खेल जितेर यसअघि नै ३ अंक जोडिसकेको छ ।

क्रोएसिया र चेक रिपब्लिकबीच निकै प्रतिस्पर्धात्मक रहेको आजको खेलमा पहिलो गोल भने चेक रिपब्लिकले बिबादास्पद पेनाल्टीबाट गरेको थियो । खेलको ३७औं मिनेटमा चेकका प्याट्रिक सिकले पेनाल्टी मार्फत गोल गरेका थिए ।

तर दोस्रो हाफको ४७औं मिनेटमा क्रोएसियाका लागि इभान पेरिसिकले डिबक्सभित्रबाट सुन्दर गोल गरेका थिए ।

दुबै टिमले एकअर्का गोलपोस्टमा ११–११ पटक सुन्दर प्रहार गरेका थिए, तर थप गोल हुन सकेन । बल नियन्त्रणका दृष्टिले चेक रिपब्लिकले ५२ र क्रोएसियाले ४८ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेका थिए ।

यस समूहबाट तेस्रो हुने टिम नकआउट चरणमा पुग्ने सम्भावना पनि रहेको छ ।

आजै भएको पहिलो खेलमा स्वीडेनले स्लोभाकियालाई १–० गोल अन्तरले पराजित गरेको थियो । स्वीडेनका लागि एक मात्र गोल ७७ औं मिनेटमा एमिल फोर्सबर्गले पेनाल्टी मार्फत गरेका थिए ।

यो जितसँगै स्वीडेनले २ खेलबाट ४ अंक बनाएको छ । दोस्रो स्थानमा स्लोभाकियाको ३ अंक छ भने एक खेल मात्र खेलको स्पेनको १ अंक छ भने पोल्यान्डले कुनै अंक प्राप्त गर्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }