आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

युरो कप

स्पने पोल्याण्डसँग बराबरीमा रोकियो


  • माउन्टेन खबर
  • आइतवार, असार ६, २०७८
  • 301
    SHARES

एजेन्सी । युरोपेली च्याम्पियनसिपमा स्पेन पोल्याण्डसँग बराबरीमा रोकिएको छ । गएराति भएकाे समूह ‘ई’ को दोस्रो खेलमा स्पेन पोल्याण्डसँग -१ को बराबरीमा रोकिएको हो ।

स्पेनको लागि अल्भारो मोराटा गोल गरे भने पोल्याण्डको लागि कप्तान रोबर्ट लेवान्डोस्की गोल फर्काए । पहिलो हाफमा स्पेनले अग्रता लिएपनि दाेस्राे हाफमा लेवान्डोस्कीले गोल गरेपछि खेल १-१ को बराबरीमा रोकियो ।

खेलको २५ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । उनले जेरार्ड मोरेनोको पासमा गोल गरेका थिए ।

दोस्रो हाफमा पोल्याण्डले गोल फर्कायो । खेलको ५४ औँ मिनेटमा लेवान्डोस्की गोल गर्दै खेल बराबरीमा ल्याए । उनले कामील जोज्वियाकको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल बराबरीमा रोकियो ।

योसँगै २ खेलमा २ अंक जोड्दै स्पेन तेस्रो स्थानमा रहेको छ । पोल्यान्ड भने पहिलो अंक जोड्दै समूहको पुछारमा रहेको छ । यस समूहमा स्वीडेन ४ अंक सहित पहिलो स्थानमा रहेको छ भने स्लोभाकिया ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । समूहको अन्तिम खेलमा स्पेन र स्लोभाकिया खेल्दा स्वीडेनले पोल्यान्डको सामना गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }