आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पाराल्याम्पिककी पलेशा गोवद्धर्नद्वारा अभ्यास सुरु


  • माउन्टेन खबर
  • आइतवार, असार ६, २०७८
  • 354
    SHARES

काठमाडौं, ६ असार
वाइल्ड कार्डबाट टोकियो ओलम्पिक सहभागिता जनाउने मौका पाएकी पाराल्याम्पिककी पलेशा गोवद्धर्नले आजबाट अभ्यास थालेकी छन् ।

सातदोबाटो स्थित तेक्वान्दो हलमा पलेशाले भौतिक रुपमा उपस्थित भइ अभ्यास थालेकी हुन । उनलाई प्रशिक्षक नेगी लामाले अभ्यास दिन थालेका छन् । कोरोना महामारीले घरेलु वातावरणमा खुम्चिएकी पलेशाले ओलम्पिक इतिहासमा पहिलो पटक समावेश गरिएको पाराल्याम्पिक स्पर्धामा नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडी हुन् । वाइल्ड कार्डबाट मौका पाएकी पलेशाले ओलम्पिकमा राम्रो गर्न निकै मिहिनेत गरेको भन्दै ओलम्पिक सहभागिता उपलब्धिमुलक बनाउने प्रतिबद्धता ब्यक्त गरिन् ।

५८ के.जी मुनिको स्पर्धाका लागि वाइल्ड कार्डमार्फत छनोट भएकी पलेशा विश्व तेक्वान्दो महासंघको १३ औं वरियतामा रहेकी छन् । अन्तर्राष्ट्रिय पाराल्याम्पिक कमिटीबाट नेपालका लागि एउटा मात्र कोटा दिने व्यवस्था भए अनुसार पलेशालाई वाइल्ड कार्ड मिलेको हो । मौका पाएकी पलेशालाई बन्द प्रशिक्षणमा राखेर अभ्यास गराउन नेपाल तेक्वान्दो संघले पहल गरिरहको बताएको छ । पलेशालाई बिहान र बेलुका गरी दुई समयमा अभ्यास गराउने योजना रहेको र बाँकी सेवा सुविधाका लागि संघले प्रवन्ध गर्ने प्रशिक्षक नेगी लामाले जानकारी दिए ।

ओलम्पिकका लागि एशियाली क्षेत्रको छनोट प्रतियोगिता जोर्डनको अम्मान शहरमा गत जेष्ठ ७ गते देखि २३ गते सञ्चालन भएको थियो । तर, कोरोना महामारी, निषेधाज्ञा, अन्तर्राष्ट्रिय हवाई सेवा अवरूद्ध र जोर्डनमा क्वारेन्टिन बस्नुपर्ने नियमका कारण नेपाली खेलाडीको छनोट सम्भावना टरेको थियो । त्यसपछि नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन ५८ के.जी र रञ्जना धामी ४९ के.जीको वाइल्ड कार्डका लागि विश्व तेक्वान्दो महासंघमा पहल गरेको थियो । सोही पहलबाट नेपाली खेलाडी पलेशाले मौका पाएकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }