बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टर्कीलाई ३–१ गोलले हराउँदै स्विजरल्यान्ड विजयी


  • माउन्टेन खबर
  • सोमवार, असार ७, २०७८
  • 871
    SHARES

काठमाण्डाै, ७ असार

युरो कप फुटबलमा स्विजरल्यान्डले पहिलो जित निकालेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३–१ गोलले हराउँदै स्विजरल्यान्डले पहिलो जित निकालेको हो ।

स्विजरल्यान्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई र हरिस सेफेरोभीले एक गोल गरे । टर्कीका इरफान केभाचीले एक गोल फर्काए ।

खेलको छैटाैं मिनेटमा स्विजरल्यान्डका हरिसले गोल गरे । २६ औं मिनेटमा शाकिरीले गोल गर्दै स्विजरल्यान्डलाई २–० गोलको अग्रता दिलाए । ६२ औं मिनेटमा टर्कीका इरफानले गोल गरेका थिए । फेरि खेलको ६८ औं मिनेटमा शाकिरीले गोल गरेर स्विजरल्यान्डलाई ३–१ को जित दिलाए ।

समूह ‘ए’ मा रहेको स्विजरल्यान्डले ३ खेलमा ४ अङ्क जोडेको छ । वेल्ससँग गोल अन्तरमा पछि पर्दा उ दोस्रो स्थानमा रहन भने सकेन । टर्की भने अङ्कविहीन बन्दै समूह चरणबाट बाहिरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)