बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेल्जियमले फिनल्यान्डलाई २–० ले हरायो


  • माउन्टेन खबर
  • मङ्लबार, असार ८, २०७८
  • 277
    SHARES

एजेन्सी

बेल्जियमले युरो २०२० मा सोमबार फिनल्यान्डलाई समूह ‘बी’ को खेलमा २–० ले हराएको छ । यससँगै टोलीले आफ्नो फुटबल इतिहासमा पहिलोपल्ट समूह चरणका सबै खेल जितेको उपलब्धि  बनाएको छ ।

हारपछि फिनल्यान्डले भने नकआउट चरण पुग्ने सम्भावनाका लागि अन्य खेलका नतिजा कुर्नुपर्ने भएको छ । यसै समूहको अर्को खेलमा डेनर्माकले रुसलाई कोपनहेगनमा भएको खेलमा ४–१ ले हराई नकआउट चरणको यात्रा तय गर्न सफल रह्यो ।

सेन्ट पिटर्सबर्गमा भएको खेलमा विश्ववरीयताको नम्बर १ टिमका लागि रोमेलु लुकाकुले एक गोल गरे भने अर्को गोल फिनल्यान्डका गोलरक्षक लुकास हारडेकीको नाममा आत्मघाती रह्यो ।

बेल्जियमको तीन खेलबाट अधिकतम नौ अंक भएको छ । डेनमार्क तीन अंकसाथ दोस्रो स्थानमा रह्यो । उसले अब आम्स्ट्रडममा हुने अन्तिम १६ को खेलमा वेल्सको सामना गर्ने निश्चित भएको छ । फिनल्यान्ड र रुस पनि समान तीन–तीन अंकमा रहे । डेनमार्कको जितमा मिखेल डाम्सगार्ड, युसुफ पोल्सन, आन्ड्रेस क्रिस्टेन्सन र जोकिम माहेलले एक–एक गोल गरे ।

रुसका लागि आरटेन डेज्बाले एक मात्र गोल गरे । यससँगै टिम प्रतियोगिताबाट बाहिरिएको छ । बेल्ज्यिमले भने नकआउट चरणमा कसको सामना गर्ने हो, त्यसबारे निर्णय हुन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)