बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोपा अमेरिका फुटबल

उरुग्वे र चिली बराबरीमा


  • माउन्टेन खबर
  • मङ्लबार, असार ८, २०७८
  • 716
    SHARES

एजेन्सी

कोपा अमेरिकामा उरुग्वे र चिली बराबरीमा रोकिएका छन् । मंगलबार बिहान एरिना पान्तानल फुटबल मैदानमा भएको खेलमा १–१ को बराबरी खेलेका हुन् ।
खेलको २६औँ मिनेटमा एडुआर्डो भर्गसले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए।

६६औँ मिनेटमा अटुरो भिडालले आत्मघाती गोल गरेपछि चिली अंक बाँड्न बाध्य बन्यो । खेलमा उरुग्वेले केही दवाव बनाए पनि गोल गर्न नसक्दा जित निकाल्न सकेन ।

यो नतिजासँगै चिली ३ खेलबाट ५ अंकका समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ  ।  पहिलो खेलमा अर्जेन्टिनासँग १–१ बारबरी खेलेको चिलीले दोस्रो खेलमा बोलिभियालाई १–० ले हराएको थियो ।

२ खेलबाट पहिलो अंक जोडेको उरुग्वे समूहको चौथो स्थानमा छ । उ पहिलो खेलमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो ।  अहिले यसै समूह अन्तर्गत अर्जेन्टिना र पाराग्वेको खेल चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)