बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युरो कप

स्पेन र स्वीडेन नकआउट चरणमा प्रवेश, लेवान्डोस्कीको पोल्यान्ड आउट


  • माउन्टेन खबर
  • बिहिबार, असार १०, २०७८
  • 484
    SHARES

युइएफए युरो २०२० अन्तर्गत बुधबार राति भएको समूह ई अन्तर्गतको खेलमा स्पेन र स्वीडेन विजयी भएर नकआउट चरणमा प्रवेश गरेका छन् ।

यो जितसँगै समूह ई बाट स्वीडेन ७ अंक सहित पहिलो र स्पेन ५ अंक सहित दोस्रो भएर नकआउट चरणमा प्रवेश गरेका हुन् ।

तर विश्वस्तरीय फर्वार्ड रोबर्ट लेवान्डोस्कीको पोल्यान्ड प्रतियोगिताबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा स्वीडेनसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । यद्यपी यस खेलमा लेवान्डोस्कीले व्यक्तिगत दुई गर्न सफल भएका थिए ।

 

निकै प्रतिस्पर्धात्मक यस खेलमा स्वीडेनले शुरुमै गोल गरेर पोल्यान्डमाथि दबाब सिर्जना गरेको थियो । स्वीडेनका लागि एमिल फोर्सबर्गले २ र ५९ औं मिनेटमा गोल गरेका थिए भने खेलको दोस्रो हाफको इन्जुरी समयमा भिक्टर क्लासेनले गोल गरी स्वीडेनको जीत पक्का गरेका थिए ।

उता स्पेनले भने एकपक्षीय खेलमा स्लोभाकियालाई ५–० गोल अन्तरले पराजित गरेको थियो । स्पेनका लागि “गर या मर” को अवस्था रहेको थियो । नकआउट चरण प्रवेशका लागि आजको खेल जित्नै पर्ने दबाबमा स्पेन थियो । त्यही कारण स्पेनले शुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेको थियो ।

स्पेनले पहिलो गोल ३० औं मिनेटमा आत्मघाती गोलबाट प्राप्त गरेको थियो । स्लोभाकियाका गोलकिपरले गरेको गल्तीका कारण गोल भएको थियो । तर त्यसपछि पनि स्पेन रोकिएन ।

स्पेनले पहिलो हाफको इन्जुरी समयमा आयमेरिक लापोर्ट, पाब्लो सराबियाले ५६औं, फरान टोरेसले ६७औं मिनेटमा गोल गरेका थिए भने ७१ औं मिनेटमा फेरि आत्मघाती गोल भएको थियो । स्लोभाकियाका जुराज कुच्काले ७१ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)