बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिकोणात्मक क्रिकेट श्रृंखला स्थगित


  • माउन्टेन खबर
  • बिहिबार, असार १०, २०७८
  • 708
    SHARES

काठमाडौं, १० असार

जुलाईमा तय भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय श्रृंखला स्थगित भएको छ ।

स्पेनमा हुने भएको नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको एकदिवसीय शृंखला कोरोना भाइरसका कारण स्थगित भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार विज्ञप्ती जारी गर्दै सन् २०२२ को जुलाईसम्मका लागि श्रृंखला स्थगित भएको जनाएको हो । कोरोनाकै कारण स्कटल्यान्डबाट स्पेनमा सारिए पनि शृंखला हुन सकेन । नामिबियामा कोरोना भाइरसको संक्रमण उच्च दरमा बढेको र त्यहाँको सरकारले पनि अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएको कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले खेल स्थगित गरेको हो ।

श्रृंखलाका लागि नेपालले बन्द प्रशिक्षण पनि सुरु गरिसकेको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा गत मंगलबारबाट नेपालले २० खेलाडी समावेश गर्दै प्रशिक्षण सुरु गरेको थियो । आइसिसी विश्वकप क्रिकेट लिग–२ का लागि नेपालका प्रशिक्षक डेभ ह्वाटमोरले तयारी थालेका थिए । नेपालको जिम्मेवारी समालेको आफ्नो पहिलो प्रशिक्षणमा नेपालले घरेलु भूमिमा नेदरल्यान्ड र मलेसियासँगको त्रिकोणात्मक ट्वान्टी–२० श्रृंखलाको उपाधि उचालेको थियो ।

लिग–२ अन्तर्गत नेपाल घरेलु मैदानमा ओमान र अमेरिका सँग चार खेल खेल्दा चार अंकसहित छैटौं स्थानमा छ । ओमान १० खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । लिग–२ अन्तर्गत नै ओमानमा तय नेपाल, ओमान र अमेरिकाबीचको श्रृंखला पनि कोरोनाका कारण स्थगित भएको थियो ।

सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप छनोटको आधार रहेको लिग–२ प्रतियोगिताको शीर्ष तीनमा अटाउन सकेको खण्डमा नेपालले ग्लोबल छनोट खेल्ने मौका पाउनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)