आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढीपिडितलाई राहतको माग गर्दै बागमती प्रदेशले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र


  • माउन्टेन खबर
  • शुक्रबार, असार ११, २०७८
  • 505
    SHARES

११ असार, काठमाडौं । सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत, पुर्नस्थापना तथा भौतिक संरचनाको पुनःनिर्माणको माग गर्दै नेकपा(एमाले) बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा(एमाले) बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्द प्रसाद पोखरेलसहितको टोलीले सिन्धुपाल्चोक बाढीमा परी मृतक भएकाका परिवारलाई क्षतिपूर्ति र राहत तथा विस्थापित ४०० परिवारलाई राहत र पुर्नस्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो । प्रधानमन्त्री ओलीसँग नदीहरुको नियन्त्रण, खानेपानी, विद्युत, सडक, पुल लगायतका विग्रिएका संरचनाहरुको तत्काल पुनःनिर्माण गर्नपनि एमाले बागमती प्रदेश कमिटीले ध्यानाकर्षष गराएको छ ।

ज्ञापनपत्रमा मृतकको परिवारलाई क्षतिपूर्ति दिदैँ घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्नुपर्ने, दिर्घकालीन एकिकृत पुनःनिर्माणको लागि कार्य प्रारम्भ गरिनुपर्ने, ४०० परिवारलाई अस्थाइ बसोबासका लागि प्रति प्रतिवार ८ बण्डल जस्तापाता तुरुन्त व्यवस्था गर्नुपर्ने, नदी किनारामा तटबन्ध निर्माण गर्नुपर्ने, बिग्रेका मोटरबाटो मर्मत गरी सञ्चालन गर्न योग्य बनाउनुपर्ने, अस्थाई झोलुङ्गेपुल बनाउनुपर्ने लगायतका माग गरिएको छ । नेकपा(एमाले) बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्द प्रसाद पोखरेलले बाढी पीडितको पुर्नस्थापनाका लागि र खोलामा तटबन्ध गर्नेदेखि क्षतिग्रस्त घरहरुलाई मर्मत गर्नका लागि प्रधानमन्त्रीबाट सकारात्मक आश्वास आएको र आफुहरु कार्यान्वयनको आशामा रहने बताउनुभयो ।

असार १ गते सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीमा परि सो क्षेत्रका १६ जनाको निधन भएको छ भने करिब ४०० परिवार विस्थापित भएका छन् । बाढीबाट विकासका सम्पूर्ण पूर्वाधारहरुमा समेत क्षति भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)