आइतवार, बैशाख २३, २०८१

नेपाल ओलम्पिक कमिटि र केल्मी बीच सम्झौता


  • माउन्टेन खबर
  • शुक्रबार, असार ११, २०७८
  • 285
    SHARES

काठमाडौं, ११ असार
नेपाल ओलम्पिक कमिटि र केल्मीको आधिकारीक विक्रेता कामरु ट्रेडिङ्गबीच शुक्रबार प्रायोजन सम्विन्धि सम्झौता भएको छ ।

टोकियो ओलम्पिक २०२० सहभागी हुने नेपाली टोलीको लागि केल्मी ब्राण्डको खेल पोशाक, किडब्याग, स्पोर्टस् सुज, मोजा, टोपी, रुमाल लगायत प्रायोजन गर्ने भएको हो । सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र कामरुको तर्फबाट निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले खेलकुद विकासका लागि नीजि क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेको बताए । अहिलो टोकियो ओलम्पिकका लागि मात्र सम्झौता भएता पनि लामो समय सम्म सहकार्य र साझदारी गर्न छलफल भएको बताए । यो सम्झौता महत्वपूर्ण थालनी भएको भन्दै खेलकुदको माध्ययमबाट प्रायोजकहरुलाई पनि सहयोग गर्ने बताए । केल्मीले यस अघि एन्फा, विभागिय टोली, तेक्वान्दो, करातेलाई प्रायोजन गरेको र भलिबलसंग सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }