आइतवार, बैशाख २३, २०८१

युरोकपमा आजदेखि नकआउट चरणका खेल


  • माउन्टेन खबर
  • शनिबार, असार १२, २०७८
  • 679
    SHARES
एजेन्सी ,  युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु शुरू हुँदैछन् ।

नकआउट चरण अन्तर्गत आज राति दुई खेल हुँदैछन् । पहिलो खेलमा वेल्स र डेनमार्क तथा दोस्रो खेलमा इटाली र अष्ट्रिया भिड्दै छन् ।

नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९:४५ बजे शुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।

डेनमार्क समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । डेनमार्क समूह चरणमा फिनल्याण्ड र बेल्जियमसँग पराजित भएको थियो भने अन्तिम खेलमा रुसलाई हराएको थियो ।

वेल्स भने समूह चरणको पहिलो खेलमा स्वीट्जरल्यान्डसँग बराबरीमा रोकिएकोमा  दोस्रो खेलमा टर्की र तेस्रो खेलमा इटालीलाई हराउदै अन्तिम १६ मा पुगेको हो ।

डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ ।

आजै राति इंग्ल्यान्डमा इटाली र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल राति १२:४५ बजे हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

इटाली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले टर्की, स्वीट्जरल्यान्ड र वेल्सलाई हराउँदै अन्तिम १६ मा पुगेको हो ।

अष्ट्रियाले  नर्थ म्यासेडोनिया र  युक्रेनलाई पराजित गरेको थियो भने नेदरल्यान्ड्ससँग हारेको थियो । इटाली र अष्ट्रियाबीच अहिलेसम्म भएका १३ खेलमा इटालीले एक खेल पनि हारेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }