बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

क्रिकेटको बन्द प्रशिक्षण स्थगित


  • माउन्टेन खबर
  • शनिबार, असार १२, २०७८
  • 300
    SHARES

काठमाडौं ,१२ असार

नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगन गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार कोभिड १९ का कारण आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएपछि बन्द प्रशिक्षण स्थगन गरिएको हो । मङ्गलबारदेखि बन्द प्रशिक्षण थालेको थियो । सो बन्द प्रशिक्षणमा १९ खेलाडी सम्मिलित हुनुहुन्थ्यो । बन्द प्रशिक्षण स्थगन गरिए पनि सामान्य प्रशिक्षण भने जारी रहने क्यानले जनाएको छ । खेलाडीहरूलाई प्रशिक्षण दिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोर हालै श्रीलङ्काबाट नेपाल आउनुभएको थियो ।

बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, विक्रम शोब र पवन सर्राफ रहनुभएको हो । नेपालले गत वर्ष माघ तेस्रो साता त्रिवि क्रिकेट मैदानमा पहिलो अमेरिका र ओमानसँग पहिलो सिरिज खेलेको थियो । आइसीसी विश्व कप क्रिकेट लिग दुई विश्वकपसम्म पुग्ने सिँढी हो ।

लिग दुईमा नेपालसँगै अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो । लिगको शीर्ष तीन टोलीले विश्वकप क्रिकेटको छनोटमा  सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)