सोमवार, बैशाख २४, २०८१

युरोकप अन्तर्गत इटालीद्वारा अस्ट्रिया २-१ले पराजित


  • माउन्टेन खबर
  • आइतवार, असार १३, २०७८
  • 418
    SHARES

१३ असार, काठमाडौं । युरोकप फुटबलको गएराती सम्पन्न खेलमा इटालीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

इङ्ग्ल्यान्डको वेम्ले स्टेडियममा भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २-१ गोलले हराउँदै इटली अन्तिम आठमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटलीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक-एक गोल गरे ।

अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।

यसैगरी नकआउट चरणको गएराती भएको खेलमा वेल्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै डेनमार्क युरो २०२१ को क्वार्टरफाइनलमा पुगेको छ ।

नेदरल्यान्ड्सको आम्सटरम्याममा भएको खेलमा डेनमार्कका लागि कास्पर डोलबर्गले दुई तथा जोकिम मेहेले र मार्टिन ब्रेथवेटले एक-एक गोल गरेका थिए । यो जितसँगै डेनमार्क २००४ युरोपछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । पोर्चुगलमा भएको युरो २००४ पछि २००८ मा छनोट हुन नसकेको डेनमार्क २०१२ को समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }