बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युरो कप

बेल्जियम क्वार्टरफाइनलमा प्रवेश


  • माउन्टेन खबर
  • सोमवार, असार १४, २०७८
  • 411
    SHARES

युइएफए युरो २०२० अन्तर्गत आइतबार मध्यराति भएको प्रिक्वार्टरफाइनल खेलमा बेल्जियमले पोर्चुगलमाथि सङ्घर्षपूर्ण खेलमा १–० गोल अन्तरले पराजित गरेको छ ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल यो हारसँगै युरो २०२० बाट बिदा भएको छ । पोर्चुगल गत वर्षको विजेता पनि हो ।

यी दुई टिमबीचको खेल निकै संघर्षपूर्ण र मनोरञ्जनात्मक हुने अड्कलबाजी गरिएको थियो । र खेल पनि त्यस्तै भयो । दोस्रो हाफमा पोर्चुगलले बेल्जियमका पोस्टमा लगातार आक्रमण गरेर केही सुन्दर मौका पनि सिर्जना गरेको थियो, तर ती गोलमा परिणत हुन सकेका थिएनन् ।

स्पेनको कार्टुजा रंगशालामा भएको यस खेलमा बेल्जियमका लागि एक मात्र गोल पहिलो हाफको ४२ औं मिनेटमा थोर्गन हजार्डले गरेका थिए ।

यो जितसँगै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)