मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मन्त्री गुरुङले माफी माग्नुपर्ने माग गर्दै प्रदेश १मा माओवादीले गर्यो बैठक अवरुद्ध


  • माउन्टेन खबर
  • सोमवार, असार १४, २०७८
  • 818
    SHARES

१४ असार, मोरङ । प्रदेश नम्बर १का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले प्रदेश १ को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ ।

आइतबारको बसेको प्रदेशसभाको बैठकमा मन्त्री गुरुङले माओवादी केन्द्रका सांसद मोहनबहादुर खड्कालाई व्यक्तिगत गालीगलौच गरेको भन्दै माफी माग्न माग गरेको हो ।

माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक मंगलबार दिउँसो १२ बजेसम्मका लागि स्थगित गर्नुभएको छ ।

माओवादी केन्द्रले संसद अवरुद्ध गर्ने बताएपछि मुख्यमन्त्री शेरधन राईले आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई माओवादी केन्द्रसँग छलफल गर्न पठाए पनि माओवादी केन्द्रले कार्कीसँग छलफल गर्न गर्न मानेन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)