बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ए डिभिजन लिग असोज ३ गते देखी


  • माउन्टेन खबर
  • सोमवार, असार १४, २०७८
  • 774
    SHARES

काठमाडौं ,१४ असार
फुटबल विकासको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिग २०२१ असोज ३ गते देखी हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सबै पदाधिकारीहरु सँग छलफल गरेर ए डिभिजन लिग असोज पहिलो साताबाट गर्ने बताएको छ । आज (सोमबार) दिउसो एन्फा मुख्यालयमा बसेको ए डिभिजन लिग र एन्फा पदाधिकारीहरुको बैठकले लिगको मिति तय गरेको हो ।

बैठकबाट ए डिभिजन लिगका लागि खेलाडी दर्ता पर्सी बुधबारबाट खुला हुने बताएको छ । कोरोना महामारीका कारण समयमा हुन नसकेको लिग सञ्चालन गर्न एन्फाले असोज महिनालाई तोकेको हो ।

असोजबाट हुने लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुङ्गाएको सरस्वती यो सिजनमा हुने छैन ।

एन्फाले लिग असोजमा सुरु गर्ने मिति घोषणा गरेपनि सकिने मिति भने खुलाएको छैन । एन्फाको क्यालेन्डर अनुसार ए डिभिजन लिग भदौ देखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ । सोही लक्ष्य अनुसार शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)