आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बजेटप्रति असहमती जनाउँदै महासंघले पठायो प्रदेशसभा सदस्यलाई पत्र


  • माउन्टेन खबर
  • शुक्रबार, असार १८, २०७८
  • 494
    SHARES

१८ असार, मकवानपुर । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले बागमती प्रदेशका १०९ प्रदेशसभा सदस्यलाई ध्यानाकर्षण पत्र पठाएको छ । प्रदेश सरकारले आम सञ्चारगृह सञ्चालन गर्न बजेट विनियोजन गरेको प्रति असहमती जनाउँदै महासङ्घले सबै प्रदेश सभासदस्यहरूलाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।

पत्रकार महासङ्घ बागमती प्रदेश समितिका उपाध्यक्ष रूपेश दुलाल र महासचिव कृष्ण सारू मगरसहितको टोलीले बिहीबार केही प्रदेशसभा सांसदलाई भेटेर र अन्य सांसदलाई संसदीय दलको कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको हो । महासङ्घले सभामुख, उपसभामुख, संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसदलाई ज्ञापनपत्र बुझाएको हो । एक सय १० सांसद रहेको प्रदेशसभामा सांसद पशुपति चौलागाईंको निधन भएकाले १०९ जना मात्रै रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)