१८ असार, रुपन्देही । लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) काे प्रदेशसभा सदस्य समेत रहनुभएकी सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाउनुभएको हो ।
उहाँले जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री पोखरेलले जसपाबाट चार सांसदलाई मन्त्री बनाएपछि पोखरेलको सरकार टिकेको थियो ।