सोमवार, बैशाख २४, २०८१

पुरानो फुटबल क्लब न्युरोड टिमद्वारा दुई विदेशी खेलाडीलाई अनुबन्ध


  • माउन्टेन खबर
  • शनिबार, असार १९, २०७८
  • 373
    SHARES

काठमाडौं ,१९ असार
काठमाडौंको पुरानो फुटबल क्लब न्युरोड टिम (एनआरटी)ले असोज पहिलो साताबाट हुने सहिद स्मारक ए डिभिजन लिगका लागि आज दुई विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।

एनआरटीले राजधानीमा एक कार्यक्रम गरी असोज ३ गतेबाट हुने फरक ढाँचाको लिगका लागि अनुबन्ध गरेको हो । क्लबले खेलाडीद्वय मासुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गरेको हो । क्लबले दुई विदेशी खेलाडीलाई १० महिनाका लागि सम्झौता गरेको हो । सम्झौता भएसँगै खेलाडीद्वयले एनआरटीको जर्सीमा ए डिभिजन लिग खेल्नेछन् । दुबैले टोलीलाई उपाधि दिलाउनका लागि प्रयास गर्ने बताए ।

नयाँ ढाँचाको लिग भनिएको ए डिभिजन लिग यो संस्करणको सुरुआतमा सिंगल राउन्डका खेल हुनेछन् । त्यसपछि दोस्रो राउन्डमा शीर्ष आठमा परेका टोलीले उपाधिका लागि पुन लिग खेल्ने प्रावधान अखिल नेपाल फुटबल संघ (एन्फा)ले बनाएको छ । यसै कारण फरक ढाँचाबाट सञ्चालन हुन लागेको लिगका लागि एनआरटीले पुराना खेलाडीलाई समेटेर प्रशिक्षण दिइरहेको छ । अघिल्लो संस्करणमा पनि प्रशिक्षण दिएका राजु काजी शाक्यलाई क्लबले प्रशिक्षकको रुपमा निरन्तरता दिएको छ । प्रशिक्षक राजुकाजी शाक्यले नयाँ विदेशी खेलाडीको अनुबन्धले टोलीमा हौसला मिलेको प्रतिक्रिया दिए । शाक्यले एनआरटीले उपाधि उचाल्ने लक्ष्यका साथ आउँदो प्रतिस्पर्धा गर्ने बताए ।

एनआरटीले चार विदेशी खेलाडी राख्न पाउने प्रावधान अन्तर्गत दुई खेलाडीलाई गरेको हो । आगामी दिनमा थप खेलाडि अनुबन्ध गरिने क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले बताए । नयाँ संस्करणका लिगका लागि क्लबले पुराना खेलाडीलाई निरन्तरता दिने बताएको छ । एनआरटीले बि.स २०१७, २०१९, २०३५ र २०५२ सालमा सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो ।

चार पटकको च्याम्पियन एनआरटीले मिडफिल्डर मोसुके र फरवार्ड स्टेफेनले नेपाल सुपर लिग (एनएसएल) काठमाडौं रेजर्स एफसीबाट खेलेका थिए । उनीहरुकै प्रदर्शबाट काठमाडौं रेजर्सले उपाधि उचालेको थियो । मोसुके एनएसएलको सर्वाधिक गोलकर्ता बनेका थिए । क्लबमा अहिले १२ पुरानै खेलाडी रहेको पनि क्लबले जनाएको छ । एनआरटीले लिगका लागि करिब १ करोड ६० लाख बजेट छट्याएको जनाएको छ । सहिद स्मारक ए डिभिजन लिगमा तीन विभागीय टोली सहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुङ्गाएको सरस्वती यो सिजन हुने छैन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }