बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युरो कप

चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा


  • माउन्टेन खबर
  • आइतवार, असार २०, २०७८
  • 395
    SHARES

डेनमार्क १६औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वार्टरफाइनल खेलमा चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान बनाएको हो ।

बाकु ओलम्पिक स्टेडियममा डेनमार्कलाई जित दिलाउन थोमस डेलने र कास्पर्क डोबर्गले एक/एक गोल गरे । चेक रिपब्लिकका लागि प्यार्टिक सेकले एक गोल फर्काए ।

डेनमार्कले खेलको पाँचौँ मिनेटमा नै अग्रता बनाएको थियो । थोमस डेलनेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४२औँ मिनेटमा कास्पर्क डोबर्गले लागि गोल गर्दै डेनमार्कलाई २–० को अग्रता दिलाए ।

चेक रिपब्लिकका लागि सिकले ४९औँ मिनेटमा गोल गरे पनि टिमको हारलाई टार्न सकेनन् ।

जितसँगै डेनमार्क सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ । अब डेनमार्कले अन्तिम क्वार्टरफाइनलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)