बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा


  • माउन्टेन खबर
  • मङ्लबार, असार २२, २०७८
  • 582
    SHARES

एजेन्सी ।ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ।  आज विहान भएको पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुलाई १-० ले हराएको हो।

ब्राजिलको ओलम्पिया स्टेडियममा भएको खेलमा ब्राजिललाई जिताउन खेलको ३६ औं मिनेटमा लुकासले गोल गरे। साविक विजेता ब्राजिल लगातार दोस्रो पटक फाइनल पुगेको हो। फाइनलमा अब भोलि हुने अर्जेन्टिना र कोलम्बियाको विजेतासँग खेल्ने छ। फाइनल खेल जुलाई १० मा हुने छ।

ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३-१ ले हराएर उपाधि जितेको थियो। यसै संस्करणको समूह चरणमा ब्राजिलले पेरुलाई ४-० ले हराएको थियो।

समूह ‘बी’ मा ब्राजिल समूह विजेता बनेको थियो भने पेरु उपविजेता बनेको थियो। ब्राजिलले १० र पेरुले ७ अंक जोडेर क्वाटरफाइनलमा स्थान बनाएका थिए।

क्वाटरफाइनलमा ब्राजिलले चिलीलाई १-० ले हराएको थियो । पेरुले भने पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)