शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

युरोकप फुटबलको सेमिफाइनल खेलहरु आजबाट


  • माउन्टेन खबर
  • मङ्लबार, असार २२, २०७८
  • 580
    SHARES

एजेन्सी। युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन्। इटाली र स्पेनबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।

दुवै टोली  जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। त्यसैले दुई ठुला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ। इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ। इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ।

इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो। क्वाटरफाइनलमा इटालीले बेल्जियमलाई २-१ गोल अन्तरले हराएको थियो।

तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो।

इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ।

पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई मात्र दुई पटक हराउन सकेको छ। ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ। युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }