शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ओलम्पिक कमिटी वेबसाइट सञ्चालनमा


  • माउन्टेन खबर
  • मङ्लबार, असार २२, २०७८
  • 540
    SHARES

ललितपुर, २२ असार
नेपाल ओलम्पिक कमिटिले नेपाली खेलकुदको दस्तावेज राख्नका लागि आज वेबसाइट सञ्चालनमा ल्याएको छ ।

नेपाल ओलम्पिक कमिटिको विशेष सहयोगमा ओलम्पिक सोलिडारिटी अन्तर्गत नेपाल ओलम्पिक संग्राहलयले नेपाली खेलकुदको विविध विषयलाई दस्तावेज बनाउने लक्ष्य राखेर वेबसाइट सञ्चालनमा ल्याएको हो ।

स्पोर्टस नेपाल ओराजी नाम रहेको वेभसाइटको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे ।

कार्यक्रम पछि बोल्दै अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको इतिहाँस लामो भएपनि अभिलेखिकरणका कमजोर भएको भन्दै अभिलेका लागि वेबसाइट संचालन सुरु गरिएको बताए ।

सोलिडारिटी कार्यक्रमबाट १५ हजार डलर प्राप्त भएको र यसको औपचारिक सुरुवात पछिल्लो मंसिर १ बाट सुरु भएको थियो । अध्यक्ष श्रेष्ठले अनलाइन संस्करणले नेपाली खेलकुदको पुरानो र नयाँ पुस्तालाई जोड्ने काम भएकाले अभिलेखीकरण गर्नु पर्ने काम अझै धेरै भएको बताए । उनले नेपाली खेलकुदको इतिहासको संरक्षणमा नेपाल ओलम्पिक कमिटीको सहयोग सधैं रहने पनि प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा नेपाल ओलम्पिक म्युजियमका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले वेब साइटको विविध पक्षबारे जानकारी गराएका थिए ।

कार्यक्रममा कमिटीका उपाध्यक्षद्वय ज्योति राणा र उपाध्यक्ष अशोक वज्राचार्य, सचिव तुलसी थापा तथा सदस्य राम अवाले र रमेश सिवाकोटीको उपस्थिति रहेको थियो ।

ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले नेपाली खेलकुदका लागि इतिहास अभिलेखीकृत गर्ने कार्यक्रम नेपाली खेलकुदका लागि ठूलो महत्वन राख्ने धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }