बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इटाली युरोकपको फाइनलमा


  • माउन्टेन खबर
  • बुधबार, असार २३, २०७८
  • 616
    SHARES

एजेन्सी। स्पेनलाई टाईब्रेकरमा पराजित गर्दै इटाली यूरोकपको फाइनलमा प्रवेश गरेको छ।

मगंलबार राति भएको पहिलो सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ४–२ गोलअन्तरले पराजित गर्दै इटाली चौथो पटक उपाधि नजिक पुगेको हो।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

इटलीका मानुएल लोकाटोलीको पहिलो प्रहार नै स्पेनका गोलकिपर उनाइ सिमोनले बचाएका थिए । तर त्यसको फाइदा स्पेनले लिन सकेन । स्पेनका डानी ओल्मोको प्रहार पोष्टबाट बाहिर गयो ।

त्यसपछि इटलीका लागि आन्द्रे बेलोट्टी, लिओनार्दो बोनुची र जर्गिन्होले गोल गरे । स्पेनका लाग जेरार्ड मवरेनो र थियागो अलकान्टाराले गोल गरे ।

निर्धारित समयमा गोल गरेका अल्भारो मोराटाको पेनाल्टी प्रहार भने इटलीका गोलकिपर जियानलुजी डोनारुम्बाले बचाए ।

त्यसअघि ६०औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । तर ८०औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मोराटाले बराबरी गोल फर्काएका थिए । स्पेनले राम्रो सुरुवात गरे पनि गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

क्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमै हराएको स्पेन इटलीविरुद्ध भने त्यही प्रदर्शन दोहोर्‍याउन सकेन ।

इटली सन् २०१२ पछि युरोकपको फाइनल पुगेको हो । त्यो बेला इटली स्पेनसँग फाइनलमा पराजित भएको थियो । यस युरोकपमा खेलेको ६ वटै खेल जितेको इटलीले अपराजित यात्रालाई ३३ खेलसम्म पुर्‍याएको छ ।

विश्वकप र युरोकपमा गरेर स्पेन पहिलो पटक सेमिफाइनलमा हारेको हो । जर्मनीसँगै सर्वाधिक ३ पटकको युरोकप विजेता स्पेनको चौथो पटक उपाधि जित्ने लक्ष्य यस पटक पूरा नहुने भएको छ ।

इटलीले अब उपाधिका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)