बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अर्जेन्टिनाद्वारा कोलम्बिया ३-२ले पराजित


  • माउन्टेन खबर
  • बुधबार, असार २३, २०७८
  • 581
    SHARES

२३ असार, काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत बुधवार सम्पन्न दोस्रो सेमी फाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी ‘शुटआउट’मा ३-२ गोलले पराजित गरेको छ।

ब्राजिलको राजधानी ब्राजिलियास्थित ‘नेशनल स्टेडियम’मा भएको दोस्रो सेमी फाइनल खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी ‘शुटआउट’तर्फ गएको थियो।

अर्जेन्टिनाले पहिलो हाफको शुरुवाती १० मिनेट भित्रै लिइसकेको थियो। कप्तान लियोनल मेस्सीको पासमा स्ट्राइकर लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

पहिलो हाफ आफ्नो पक्षमा राख्न सफल भएको अर्जेन्टिनी टोलीले दोस्रो हाफमा भने गोल खान पुग्यो। खेलको ६२औं मिनेटमा एडविन कार्डोनाको पासमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई बराबरीमा लगेका थिए।

निर्धारित ९० मिनेटसम्म त्यसपछि दुवै टोलीले निर्णायक गोल गर्न नसक्दा खेल पेनाल्टी ‘शुटआउट’तर्फ गएको थियो। पेनाल्टीमा कोलम्बियाले आफ्नो पाँच पेनाल्टी मध्ये मात्र दुईमा गोल गर्न सक्यो।

उता अर्जेन्टिनाले भने आफ्नो चार पेनाल्टीमा तीन गोल गर्दा फाइनलको यात्रा सुनिश्चित गरेको छ। कोपा अमेरिका २०२१ को फाइनल खेलमा अब मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना र नेयमार सम्मिलित ब्राजिल ‘जुलाई ११’ तारिखमा आमने सामने हुनेछन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)