मङ्लबार, बैशाख २५, २०८१

पाकिस्तानविरुद्धको एक दिवसीय सिरिजमा इङ्ल्यान्ड विजयी


  • माउन्टेन खबर
  • आइतवार, असार २७, २०७८
  • 602
    SHARES

एजेन्सी

पाकिस्तानविरुद्ध ३ खेलको एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली इङ्ल्यान्ड विजयी भएको छ । उसले शनिबार भएको खेलमा ५२ रनको जित हात पारेको हो ।

जितसँगै इङ्ल्यान्डले १ खेल अगावै सिरिजमाथि कब्जा जमाएको छ ।

इङ्ल्यान्डले दिएको २४८ रनको लक्ष्य पछ्याउनले क्रममा पाकिस्तानले सबै विकेट गुमाउँदै ४१ ओभरमा १९५ रन मात्र बनाउन सक्यो ।

उसका लागि साउद शकिलले अर्धशतकीय पारी खेले पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । ७७ बलको सामना गरेका उनले ४ चौकाको मद्दतमा ५६ रन प्रहार गरे ।

हसन अलीले ३१, सादब खानले २१ को योगदान दिँदा अविजित रहेका शहिन अफ्रिदीले १८ रन जोडे ।

इङ्ल्यान्डका लागि लेविस ग्रेगोरीले ३, साकिब महम्मद, क्रेग ओभर्टन र म्याट पार्किनसनले समान २-२ विकेट हात पार्दा ब्रेडोन कार्सेले १ विकेट हात पारे ।

यसअघि लन्डनमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ४५.२ ओभरमा सबै विकेट गुमाउँदै २४७ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि फिल साल्ट र जेम्स भिन्सले अर्धशतकीय पारी खेले । ६० रनमा अविजित रहेका साल्टले ५४ बलमा १० चौका प्रहार गरे ।

५२ बलको सामना गरेका भिन्सले ८ चौकाको मद्दतले ५६ रन जोडे । लेविस ग्रेगोरीले ४० र ब्रेडोन कार्सेले ३१ रनको योगदान दिए ।

पाकिस्तानका लागि हसन अलीले ५, हारिस राउफले २ विकेट लिँदा सादब खान, साउद शकिल र शहिन अफ्रिदीले समान १-१ विकेट हात पारे ।

जितसँगै इङ्ल्यान्डले सिरिजमा २-० को अग्रता बनाएको छ । तेस्रो तथा अन्तिम  खेल मंगलबार बर्मिङ्घममा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }