सोमवार, बैशाख २४, २०८१

युरो कप फुटबलको उपाधिका लागि आज राति इङ्ग्ल्यान्ड र इटली भिड्दै


  • माउन्टेन खबर
  • आइतवार, असार २७, २०७८
  • 783
    SHARES

काठमाण्डाै ,२७ असार

युरो कप फुटबलको उपाधिका लागि आज राति इङ्ग्ल्यान्ड र इटली खेल्दैछन् । खेल वेम्बलीमा राति पौने एक बजे सुरु हुनेछ । इङ्ग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनल खेल्न लागेको हो । सन् १९६८ को युरो विजेता इटली पछिल्लो पटक २०१२ को युरो कपमा फाइनलमा पुगेको थियो ।

इटली तीन पटकको युरो कप विजेता स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । इङ्ग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गरेको थियो। इङ्ग्ल्यान्ड र इटलीबीच अहिलेसम्म २७ खेल भएकोमा इटलीले ११ खेल जितेको छ । इङ्ग्ल्यान्डले ८ खेलमा जित निकालेको भने ८ खेल बराबरी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }