बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘यूरो २०२०’ को गोल्डन बुट क्रिस्टियानो रोनाल्डोलाई


  • माउन्टेन खबर
  • सोमवार, असार २८, २०७८
  • 586
    SHARES

२८ असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले यूरो २०२० को गोल्डन बुट जितेका छन् । पोर्चुगलका फरवार्डले यो प्रतियोगितामा ५ गोल गर्न सफल भए । चेक रिपब्लिकका प्याट्रिक सिकले पनि समान ५ गोल गरे पनि एसिस्टको ट्राइब्रेकरको आधारमा रोनाल्डोले उनलाई उछिन्दै गोल्डन बुटको उपाधि हात पार्न सफल भएका हुन् ।

रोनाल्डोका पाँच गोलमध्ये तीनवटा पेनाल्टीबाट रह्यो भने हंगेरी र जर्मनीविरुद्ध उनले ‘ओपन प्ले’ बाट गोल गर्न सफल रहे । रोनाल्डोको प्रयासका बावजुद पोर्चुगल अन्तिम १६ मा बेल्जियमसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

रोनाल्डो र सिकको पाँच गोलपछि ह्यारी केन, करिम बेन्जेमा, इमिल फ्रोसबर्ग र रोमेलु लुकाकुले ४–४ गोल गरे । रोनाल्डोले चार खेलमा ३६० मिनेट खेले भने ह्यारी केनले ६ सय मिनेट खेल्न पाए । रोनाल्डोले पहिलो पटक प्रतियोगिताको गोल्डन बुट जितेका हुन् । सन् २०१६ मा पोर्चुगलले उपाधि जित्दा उनी दोस्रा स्थानमा थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)