आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशको बैठक अनिश्चितकालिन स्थगित


  • माउन्टेन खबर
  • सोमवार, असार २८, २०७८
  • 419
    SHARES

२८ असार, काठमाडौं । बागमती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।

प्रदेशसभाको सोमबार बिहान बसेको पहिलो बैठकले प्रदेश सरकारको आर्थिक विधेयक पारित गरेको थियो । उक्त विधेयक पारित भएपछि १० मिनेट स्थगित गरी पुनः सञ्चालन भएको प्रदेशसभाको दोस्रो बैठकले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

त्यसपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)