काठमाडौँ, २८ असार । नेपाली काँग्रेसका नेता एवम् सांसद मोहन आचार्यले सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको बताउनुभएको छ ।
नेपाली काँग्रेस रसुवाबाट निर्वाचित सांसद आचार्यले आज सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतले गरेको फैसला विधिको शासनको जित भएको बताउनुभएको हो ।
“सरकारले चालेको अधिनायकवाद विरुद्ध नेपाली जनताको जित भएको छ, अदालतको फैसलाले सर्वसत्तावाद पराजित भएको छ,”– उहाँले भन्नुभयो । प्रधानमन्त्री केपी शर्माको आग्रहमा राष्ट्रपतिले रातारात संसद विघटन गरेपछि उक्त कदमको विरुद्धमा सर्वोच्चमा रिट दायर भएको थियो ।
संवैधानिक इजालसमा परेको रिटमा सर्वोच्चले संसद पुनस्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री बन्ने बाटोसमेत खोलिदिएको छ ।
