आइतवार, बैशाख २३, २०८१

टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत


  • माउन्टेन खबर
  • बिहिबार, असार ३१, २०७८
  • 802
    SHARES

काठमाडौं,३१ असार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुवै फर्म्याटमा यथावत रहेको हो ।

टी–ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा छ । यस अघि पनि नेपाल १३ औं स्थानमै रहेको थियो ।

नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो । टी-ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमा रहेको छ । यस अघिको वरीयतामा समेत नेपाल १६ औं स्थानमै रहेको थियो ।

एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष स्थानमा रहदा अष्ट्रेलिया दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा रहेको छ । भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेको छ । खेलाडीको ब्याटिङ वरीयतामा नेपालका कुशल भुर्तेल ५९ औं स्थानमा रहेका छन् ।

नेपालका पूर्व कप्तान पारस खड्का ९२ औं स्थानमा छन् । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९६ औं स्थानमा झरेका छन् । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७८ औं स्थानमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }