आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटन बोर्डको प्रर्वद्धनमा विश्वको सबैभन्दा उचाइमा फेशन सो हुने


  • माउन्टेन खबर
  • सोमवार, साउन ४, २०७८
  • 644
    SHARES

काठमाडौं, ४ साउन

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विश्वको सबैभन्दा उचाइमा ‘माउण्ट एभरेष्ट फेशन रनवे ’ को दास्रो संस्करण आयोजना हुने भएको छ । नेपाल सहित विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने उक्त शो २०७८ असोज ६ गते ( २२ सेप्टेम्बर २०२१)मा सगमाथा कालापत्थर क्षेत्रमा आयोजना हुने छ ।

के फिल्मस र एमई टू फिल्मसको सहकार्यममा कार्यक्रम आयोजना हुने आयोजकले जानकारी दिएका छन् । फेशन रन वे को पहिलो संस्करण गतवर्ष २०७६ पुस—माघमा आयोजना भएको थियो । जुन कार्यक्रमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट विश्व कीर्तिमानको उपाधि प्राप्त गरेको थियो । यो वर्ष पनि कार्यक्रमलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेर्कड गराउने आयोजकको योजना छ । जसमा कार्यक्रमका अतिरिक्त सहभागी २ सय जनाले समेत व्यक्तिगत रुपमा वल्र्ड रेकर्ड दर्ता गराउनेछन् ।

कार्यक्रमबारे जानकारी दिन सोमबार काठमाण्डौंमा आयोजना गरिएको पत्रकार भेटघाटमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको सन्र्दभमा यो कार्यक्रमले नेपालको पर्यतीय पर्यटनमा नयाँ आयाम थप्ने बताए । उनले विश्वसमुदायले नेपाललाई मौषमी (सिजनल) पर्यटकीय गन्त्वयका रूपमा बुझ्ने गरेको भन्दै असोजमा आयोजना गरिने यो कार्यक्रमले नेपाल सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्य हो भन्ने सन्देश समेत दिने बताए । उहाँले कोभिडका कारण पर्यटकीय गतिविधि हुन नसकिरहेको अवस्थामा बोर्डले अवस्था सहज हुनासाथ प्रवद्र्धनका अन्य कामलाई निरनतरता दिने जानकारी दिए ।

कार्यक्रममा ग्लोबल आइएमइ बैकका सिइओ रत्नराज बज्राचार्यले यस प्रकारका कार्यक्रमले नेपालको पर्यटनलाई अन्तरराष्ट्रिय समुदायमा परिचित गराउन थप सहयोग पुग्ने बताए ।

के फिल्मसका प्रमुख कार्यकारी अधिकृत पङ्कज के गुप्ताले विश्वकै सबैभन्दा उचाइमा गरिने यो कार्यक्रमले दिगो पर्यटनको अवधारणालााई आत्मसात गरेको र यसले विश्वको ध्यान खिच्ने बताए ।

कार्यक्रमको भारतका एमई टू फिल्म्सका सञ्चालक तथा रियालिटि शो निर्देशक श्रुति आनन्दिता वर्मा र अमिताभ एस वर्माले निर्देशन गर्नेछन् ।

कार्यक्रममा दुवैजनाले विश्वकै अग्लो सगरमाथा र त्यसको काखमा आयोजना हुने कार्यक्रमको निर्देशन गर्न पाउँदा खुशी लागेको बताउँदै यसले नेपालको शाहसीक पर्यटन प्रवद्र्धनमा सघाउन पुग्ने धारणा राखे ।

कम्पनीका सीओओ तथा फेशन डिजाएनर रमिला नेम्कुलले यो कार्यक्रम नेपालको गौरव भएको र यसमा नेपालका मौलिक पहिरनहरुलाई आवश्यक्ता अनुसार तुत गरिने बताए । यस्तै कम्पनिका सीएफओ रिकेन महर्जनले दीगो पर्यटनका लागि आफुहरुले यस प्रकारको कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }