आइतवार, बैशाख २३, २०८१

टोकियो ओलम्पिकको औपचारिक थालनी आजबाट


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ८, २०७८
  • 671
    SHARES

टोकियो

अन्तत: आज शुक्रवारदेखि टोकियो ओलम्पिक खेल-२०२० प्रारम्भ भएको छ ।

ओलम्पिकको औपचारिक थालनीका लागि आज शुक्रवार साँझ ओपनिङ सेरोमोनी आयोजना हुँदैछ, जसलाई कोरोना महामारीका कारण निकै नै सामान्य तरिकाले सम्पन्न गरिंदैछ ।

नेपालको तर्फबाट यो ओलम्पिकमा चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपाललले एथ्लेटिक्स, सुटिङ, जुडो र पाौडी खेलमा सहभागिता जनाउँदैछ ।

ओलम्पिकमा एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट तथा पौडीमा गौरिका सिंह र एलेक्स शाहले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

नेपाली समय अनुसार आज साँझ पौने पाँच बजे ओपनिङ सेरोमोनीमा जापानका सम्राट नारुहितो पनि सहभागि हुने कार्यक्रम छ ।

वास्तवमा टोकियो ओलम्पिक खेल २०२० मै हुनु पर्ने थियो, तर कोरोना महामारीका कारण यसलाई एक वर्ष स्थगित गर्नु परेको थियो ।

ओलम्पिक खेलको इतिहासमै यो पहिलो पटक भएको हो ।

टोकियो ओलम्पिकमा २ सय ५ देशका ११ हजार खेलाडीहरुले भाग लिँदैछन् ।

उनीहरु सबै टोकियो पुगिसकेका छन् ।

१७ दिनसम्म चल्ने यो खेलको महाकुम्भमा ३३ भिन्दा–भिन्दै खेलहरुका ३ सय ३९ वटा इभेन्टहरु हुनेछन् ।

यसपटक ओलम्पिकमा मेडिसन साइक्लिङ, बेसबल र सफ्टबलको पुनरागमन भएको छ ।

यसका साथै थ्रि बाई थ्रि बास्केटबल तथा फ्रीस्टाइल बिएमएक्सलाई पनि समावेश गरिएको छ ।

यसपटकको ओलम्पिकमा पनि विगतको झैं अमेरिका, बेलायत, चीन, रुस, जापान तथा जर्मनीबीच मेडल ट्यालीमा उत्कृष्ट हुँदै शीर्ष स्थानमा रहनका लागि कडा टक्कर हुने निश्चित छ ।

कोरोनाको संकटका बीच ओलम्पिक खेल आयोजना गरेर जापान आफ्नै जनताको निशानामा परेको छ ।

जापानमै विभिन्न स्थानमा यो खेलका विरुद्ध प्रदर्शन समेत भैरहेका छन् ।

यद्यपि, त्यहाँ खेल कमिटि र सरकारले कोरोनाको संक्रमणलाई फैलिन नदिनका लागि सम्पूर्ण कोशिस गरेका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस ब्याचका अनुसार ओलम्पिक गेम सुपर स्प्रेडर समारोह सावित नहुने बताएका छन् ।

यसका बावजूद गत जुलाई १ देखि हालसम्म नै ओलम्पिक खेलसंग सम्बन्धित ६७ जना कोरोना पोजिटिभ भैसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }