शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दोलखामा तारे होटल ‘एम्ब्रोसिया’ सञ्चालनमा


  • माउन्टेन खबर
  • शनिबार, साउन ९, २०७८
  • 904
    SHARES

काठमाडौं ,९ साउन

कोरोना भाइरस(कोभिड–१९)को महामारीले विशेष गरेर पर्यटन क्षेत्रलाई सबैभन्दा मारमा पारेको छ । करिब २ वर्षदेखि कोभिडको प्रभावले पर्यटन क्षेत्र चलायमान हुन नसकेपछि कतिपय होटलहरू सदाका लागि बन्द भइरहेको बेला दोलखामा भने पहिलो पटक दुईतारे होटल सञ्चालनमा आएको छ ।

सदरमुकाम चरिकोटमा ‘ट्रेड बिजनेस’ गर्दै आएका व्यवसायी दिनेश बस्नेतले होटल ‘एम्ब्रोसिया’ सञ्चालनमा ल्याएका हुन् । महामारीले थला परेको पर्यटन क्षेत्रलाई केही हदसम्म चलायमान बनाउने सोचका साथ कोभिडकै बीचमा होटल सञ्चालन गरिएको सञ्चालक बस्नेतको भनाइ छ ।

नयाँ वर्षमा सञ्चालनमा ल्याउने गरी तयारी गरिएको भए पनि कोभिड महामारीको कारण निषेधाज्ञा जारी भएपछि केही समय रोकिएको थियो । अहिले कोभिड संक्रमण केही हदसम्म कम हुँदै गएको निषेधाज्ञा पनि खुकुलो भएपछि होटल सञ्चालनमा ल्याइएको उनको भनाइ छ । भवन बाहेक करिब १३ करोड रुपैयाँ लागतमा होटल तयार भएको बताइएको छ ।

होटलको बेड र कोठा भने पाँचतारे स्तरकै बनाइएको उनी बताउँछन् । सुरुमा तीनतारे होटल बनाउने सोचका साथ अघि बढे पनि बेड संख्या कम भएकाले दुई तारे मात्र हुने बताइएको छ । त्यसका लागि आवश्यक पूर्वाधारहरू पर्याप्त रहेको सञ्चालक बस्नेतको भनाइ छ ।

३५ वटा कोठामा १ सय जनाको क्षमता छ । सुविधासम्पन्न बैंक्वेटसमेत होटलमा रहनेछ । बैंक्वेटको क्षमता ५ सय जनाको रहेको छ । १ सय जनाको क्षमताको मिटिङ हल र रुफटपमा रेष्टुराँमा समेत गरी १ हजार जनालाई एकै पटक होटलले सेवा दिन सक्नेछ ।

होटलमा बस्नेले रुफटप रेष्टुराँँ, बैंक्वेट र सोना स्टिमको समेत सुविधा पाउने छन् । व्यावसायिक प्रायोजनका लागि बस्नेतले नै बनाएको भवनलाई होटलमा रूपान्तरण गरेका हुन् ।  सो होटलको रेष्टुराँलाई भने सामान्यदेखि भीआईपीहरूलाई समेत लक्षित गरिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }