बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टी-२० वरियतामा नेपाल एक स्थान माथि उक्लियो


  • माउन्टेन खबर
  • सोमवार, साउन ११, २०७८
  • 522
    SHARES

काठमाडौं ,११ साउन

नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी-२० वरियतामा एक स्थान सुधार गर्दै शीर्ष १२औं स्थानमा उक्लिएको छ। आइतबार सार्वजनिक नयाँ वरियतामा नेपाल आयरल्याण्डलाई उछिन्दै १२औँ स्थानमा उक्लिएको हो।

नेपालले अन्तिम पटक गत वैशाखमा घरेलु भूमिमा सिरिज खेले यता कुनै पनि क्रिकेट खेल्न नपाएपनि वरियतामा भने सुधार गरेको हो। नयाँ टी-२० वरियतामा पनि इंग्ल्याण्ड शीर्ष स्थानमा कायमै छ।

दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा क्रमशः भारत, न्यूजिल्याण्ड, पाकिस्तान र अष्ट्रेलिया छन्। यस्तै छैठौं स्थानमा दक्षिण अफ्रिका, सातौंमा अफगानिस्तान, आठौंमा वेष्ट इन्डिज, नवौंमा श्रीलंका,दशौंमा बंगलादेश र ११ औं स्थानमा जिम्बाम्बे छन्।

नेपालभन्दा पछि १३औं स्थानमा आयरल्याण्ड, १४औं स्थानमा स्कटल्याण्ड र १५ औं स्थानमा युएई छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)