बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पहिलो टी-ट्‍वान्टी खेलमा भारतद्वारा घरेलु टोली श्रीलंका ३८ रनले पराजित


  • माउन्टेन खबर
  • सोमवार, साउन ११, २०७८
  • 823
    SHARES

काठमाडौं, ११ साउन

भारतले पहिलो टी-ट्‍वान्टी खेलमा घरेलु टोली श्रीलंकालाई ३८ रनले पराजित गरेको छ । कोलम्बोको प्रेमादासा खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

भारतका सुर्यकुमार यादवले ३४ बलमा ५० रनको सर्वाधिक योगदान दिलाएका थिए । जीतका लागि १६५ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको घरेलु टोली श्रीलंका १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १२६ रनमा समेटिएपछि भारतले टी-ट्वान्टीको पहिलो खेलमा जीत हासिल गरेको हो ।

श्रीलंकाले अन्तिम १६ जोड्दा ६ विकेट गुमाएपछि भारतको जीत पक्का भएको हो । भारतका तीव्रगतिका बलर भुवनेश्वर कुमारले आफ्नो व्यक्तिगत ३ दशमलव ३ ओभरमा २२ रन खर्चंदै चार विकेट लिएका थिए ।

उनि यस खेलमा म्यान अफ द म्याच समेत घोषित भए । यो जीतसँगै तीन टी-ट्‍वान्टी आइ श्रृंखलामा भारतले १-० को अग्रता लिएको छ । अर्को खेल भोलि साँझ सवा आठ बजेबाट खेलिंदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)