बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ओलम्पिकमा पौडितर्फ नेपाली खेलाडी एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दै


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १२, २०७८
  • 489
    SHARES

काठमाडौं, १२ साउन

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा पौडितर्फ नेपाली खेलाडी एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् ।

नेपालका नम्बर एक पुरुष पौडी खेलाडी एलेक्सले हिट वानमा रहेर आजको प्रतिस्पर्धा गर्नेछन् । पुरुष सय मिटर फ्रि स्टाइल आजको प्रतिस्पर्धामा एलेक्सको लेन छैटौं रहेको छ ।

उनले आजको हिटमा भुटान, माल्दिभ्स, गुएनाका, प्यालेष्टाइन, कोसोभो र सोलोमनका खेलाडीहरुसँग प्रतिस्पर्धा गर्नेछन् । एलेक्सको इन्ट्री टाइमिङ ५६ दशमलव २८ सेकेन्ड रहेको छ । टोकियो एक्‍विटिक सेन्टरमा हुने खेलमा एलेक्सको प्रतिस्पर्धा नेपाली समय आज दिउँसो ३.४५ बजे रहेको छ ।

पौडिमा नै महिलातर्फ भने गौरिका सिंहको प्रतिस्पर्धा भोलि रहेको छ । यसअघि अन्य दुई खेल सुटिङ र जुडोबाट भने नेपाली खेलाडीहरु बाहिरिसकेका छन् ।

जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो ।

जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् ।

अमेरिकाले सात स्वर्ण, तीन रजत र पाँच कास्य पदक प्राप्त गरेको छ भने चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौँथो स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)