आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

फुडमाण्डूका प्रयोगकर्ताहरुले इसेवामार्फत पनि भुक्तानी गर्न सकिने


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १२, २०७८
  • 233
    SHARES

१२ साउन, काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूका प्रयोगकर्ताहरुले मोबाइल वालेट इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने भएका छन् । यसमा इसेवाका प्रयोगकर्ताहरुलाई थप सुबिधा दिइनेछ र फुडमाण्डूका प्रयोगकर्ताहरुले पनि थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने बताइएको छ।

फुडमाण्डूमा हुने अर्डरहरूमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रूची बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहजहुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर श्यामरत्न मालीले बताए । फूडमाण्डूको अहिले ३० प्रतिशतभन्दा धेरै अनलाइन पेमेन्ट भईरहेको उनले जानकारी दिए ।

यो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकहरुलाई सजिलो हुने अपेक्षा गरिएको छ । यस्तै सहकार्यको अवसरमा फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरुलाई पहिलो अर्डरमा २० प्रतिशत वा तीन सय रुपैयाँसम्मको छुट दिने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }