बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उपाध्यक्ष नेम्वाङसहित दुई पत्रकारमाथी छानबिन गर्न प्रशिक्षक अल्मुताइरीले दिए निवेदन


  • माउन्टेन खबर
  • बिहिबार, साउन १४, २०७८
  • 687
    SHARES

१४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)मा निवेदन दिएका छन् ।

उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र दुई पत्रकारमाथि छानविन गर्न निवेदन दिएका हुन् । नेम्वाङले आफूलाई राजीनामा दिन बाध्य पारेको उल्लेख गर्दै प्रशिक्षक अब्दुल्लाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका थिए ।

त्यसपछि एन्फा मुख्यालय पुगेका प्रशिक्षक अब्दुल्लाले राजीनामा भने दिएका छैनन् ।

यस्तै एक अनलाइनका दुई पत्रकारले प्रशिक्षकले सार्वजनिक स्थलमा धुम्रपान गरिरहेको विषयमा प्रश्न गर्दा भएको विवादले पनि सामाजिक सञ्जालमा चर्चा चलेको थियो ।

यीनै दुई प्रकरणमा आफूसँग जोडिएका दुई पत्रकार र उपाध्यक्ष नेम्वाङमाथि छानविन गर्न माग गर्दै एन्फामा विहीबार निवदेन दिएका छन् ।

यता एन्फाले शुक्रबार कार्य समितिको बैठकमा यसबारे कुरा उठ्ने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)