बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी पौडीवाज ड्रेसलले ओलम्पिकमा जिते चौथो स्वर्ण


  • माउन्टेन खबर
  • आइतवार, साउन १७, २०७८
  • 535
    SHARES

एजेन्सी – अमेरिकी पौडीबाज सेलेब ड्रेसलले टोकियो ओलम्पिक २०२० मा चौथो स्वर्णपदक जितेका छन् । टोकियो अक्वाटिक सेन्टरमा आइतबार भएको ५० मिटर फ्रिस्टाइलमा ओलम्पिकमा कीर्तिमानसहित स्वर्ण जित्दै ड्रेसलले जारी ओलम्पिकमा चौथो स्वर्ण जित्न सफल भएका हुन् ।

ड्रेसलले २१.०७ सेकेण्डमा दूरी पूरा गरे । २४ वर्षीय सेलेबले ब्राजिलका सेलार सेएलोको नाममा रहेको २१.३० सेकेण्डको ओलम्पिक कीर्तिमान तोडेका हुन् । फ्रान्सका फ्लोरेन्ट मानाउडोले २१.५५ सेकेण्डसहित रजत र ब्राजिलका ब्रुनो फ्रातुसले २१.५७ सेकेण्डसहित कास्य जितेका छन् ।

उनले व्यक्तिगत स्पर्धामा तीन र समूह स्पर्धामा एक गरी चारस्वर्ण पदक जितेका हुन् । ड्रेसलले यसअघि चार गुणा सय मिटर फ्रिस्टाइल, १ सय मिटर फ्रि स्टाइल र १ सय मिटर बटर फ्लाइमा स्वर्ण जितिसकेका छन् ।

१ सय मिटर फ्रिस्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका हुन् । १ सय मिटर बटरफ्लाइमा नयाँ विश्व कीर्तिमान बनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)