बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टोकियो ओलम्पिक

५१ पदकसहित चीन शीर्ष स्थानमा


  • माउन्टेन खबर
  • आइतवार, साउन १७, २०७८
  • 662
    SHARES

काठमाडौँ, १७ साउन 
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।

चीनले हालसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २० स्वर्ण, २३ रजत र १६ कास्य पदक प्राप्त गरेको छ भने जापानले १७ स्वर्ण, पाँच रजत र नौ कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै अस्ट्रेलिया १४ स्वर्ण, तीन रजत र १४ कास्य पदक प्राप्त गर्दै चौंथो स्थानमा उक्लेको छ ।

यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौँ स्थानमा झरेको छ । उसले १२ स्वर्ण, १९ रजत र १३ कास्य पदक प्राप्त गरेको छ । बेलायत १० स्वर्ण, १० रजत र १२ कास्यसहित छैटौँ, फ्रान्स पाँच स्वर्ण, १० रजत र ६ कास्यका साथ सातौँ, दक्षिण कोरिया पाँच स्वर्ण, चार रजत र आठ कास्य जित्दै आठौँ, इटाली चार स्वर्ण, आठ रजत र १५ कास्यका साथ नवौँ तथा नेदरल्याण्डस् चार स्वर्ण, सात रजत र ६ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेभसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७६ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आआफ्नो खेलमा प्रतिस्पर्धा गर्नुभएको थियो । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिनुभएको छ । परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले एक सय मिटर फ्रि स्टाइल, सिंहले १०० मिटर फ्रि स्टाइल तथा चौधरीले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)