बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एन्फाका प्रवक्ता किरण राईद्वारा राजिनामा


  • माउन्टेन खबर
  • सोमवार, साउन १८, २०७८
  • 477
    SHARES

१८ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र गलत नजीर स्थापित हुन लागेको भन्दै खबरदारी गर्न प्रवक्ता किरण राईले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रवक्ताबाट राजिनामा दिएका किरण राईले विभिन्न पक्षबाट भइरहेका गतिविधिहरु बन्द गर्न आग्रह गर्दै एन्फाको निर्वाचनको प्रक्रिया शुरु गर्नुपर्ने मध्यमार्गी प्रस्ताव पनि पेश गरेका छन् ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरी र एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्वाङको छानविनका लागि खेलकुद मन्त्रालयलाई जिम्मा दिने विषयमा असहमत भएका प्रवक्ता किरण राईले सोमबार आफ्नो पदबाट राजीनामा दिएका हुन । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गरेर राजीनामा गरेको घोषणा गरेका हुन् । केन्द्रीय सदस्य किरण राईले पत्रकार सम्मेलनमा नेपाली फुटबलमा देखिएका पछिल्ला गतिविधिहरु दुवै तर्फबाट बन्द गर्न आह्वान पनि गरेका छन् । प्रशिक्षक र उपाध्यक्ष बीचको समस्या समाधानका लागि खेलकुद मन्त्रालयलाई जिम्मेवारी दिने कामले गलत नजीर बसाउने पूर्व प्रवक्ता राईले बताए ।

अहिले नेतृत्वको टकराबका कारण फुटबलको हित नहुने भन्दै पूर्व प्रवक्ता राईले अहिले एकले अर्कालाई दोषारोपण गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । पदाधिकारीको रुपमा समितिको कामको विरोध गर्न नमिल्ने भएकाले स्वतन्त्र तरिकाले खबरदारी गर्न राजीनामा दिने निर्णय भएको प्रवक्ता किरण राईले बताए । प्रवक्ताबाट हटे पनि केन्द्रीय सदस्य पदमा रहिरहने पूर्व प्रवक्ता राईले बताए ।

एन्फाको नयाँ नेतृत्व चयनका लागि आगामी बैशखमा निर्वाचन हुँदैछ । निर्वाचन नजिक आउँदै गर्दा अहिले एन्फामा अध्यक्ष कर्माछिरिङ पक्ष र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङबीचको मतभेद चुलिँदै गएको छ । यस विषयमा पनि राईले दुवै पक्षले अहिले गरिरहेका गतिविधिहरु बन्द गर्न आग्रह गर्दै एन्फाको निर्वाचनको प्रक्रिया शुरु गर्नुपर्ने मध्यमार्गी प्रस्ताव पनि पेश गरका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)