शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १९, २०७८
  • 458
    SHARES

१९ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्तावमा ३४ जना सांसदहरुको हस्ताक्षर छ । प्रदेशसभाका ३४ सदस्यले संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावलीको १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

विगतमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको तर उक्त प्रस्ताव प्रक्रियामा जानु अघि नै मुख्यमन्त्रीले राजीनामा दिएको भन्दै विपक्षी गठबन्धनले तत्कालीन प्रदेश प्रमुखबाट पुनः असंवैधानिक रुपमा पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)