शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विश्व कीर्तिमान भङ्ग गर्दै महिला हर्डल्समा सिड्नी म्याकगलनले जितिन् स्वर्ण


  • माउन्टेन खबर
  • बुधबार, साउन २०, २०७८
  • 747
    SHARES

२० साउन, काठमाडौं । टोकियो ओलम्पिकमा महिला हर्डल्समा अमेरिकी धाविका सिड्नी म्याकगलनले आफ्नो नाममा रहेको पुरानो विश्व कीर्तिमान भङ्ग गर्दै स्वर्ण पदक जितेकी छिन् । उनले ५१.४६ सेकेन्डमा रेस पुरा गरिन् ।

सो रेसमा उनले ५१.५८ मा रेस पुरा गर्दै अमेरिकी डालिया मुहमुदले रजत पदक जितिन् । मुहमुद साबिक विजेता, विश्व च्याम्पियन तथा पूर्व विश्व कीर्तिमान धारी हुन् । मुहमुदको कीर्तिमानलाई यस अघि म्याकगलनले जुलाई महिनामा अमेरिकाको ओलम्पिक छनोटमा भङ्ग गरेकी थिइन् ।

नेदरल्यान्डकी फेम्के बोलले कांस्य दिक जितिन् ।
बुधवार भएको म्याराथन पौडीमा ब्राजिलकी चुना अन्ना मार्सेलाले स्वर्ण,नेदरल्यान्डकी सारोन भान रुवान्डोलले रजत तथा अस्ट्रेलियाकी करिना लीले कांस्य पदक जिते ।

स्केट बोर्डिङको महिला पार्कमा जापानकी साकुरा यासाजोमीले स्वर्ण,जापानकी काकोनी हिराकीले रजत तथा बेलायतकी स्काइ ब्राउनले कांस्य पदक जिते ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }